पियोर इनर्जीको आईपीओ बाँडफाँड, १ लाख १९ हजार ५२० जनाले पाए १० कित्ता
११ बैशाख २०८२, बिहीबार ०९:११

काठमाडौं । पियोर इनर्जी लिमिटेडले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ आज बाँडफाँड गरेको छ।
यसमा जम्मा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकोमा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको छ। रीतपूर्वक आवेदन दिएकामध्ये १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन भने बाँकीको हात रित्तो भएको छ।
आईपीओको नतिजा केही बेरपछि मात्रै हेर्न सकिनेछ।
पियोर इनर्जीको आईपीओ बाँडफाँडः यी तीन तरीकाबाट हेर्नुहोस् नतिजा