प्रतिकित्ता १०० रुपैयाँमै नेको इन्स्योरेन्सको शेयर बिक्रीमा, सबैले किन्न पाउने

११ बैशाख २०८२, बिहीबार ०८:३६

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले भोलिदेखि २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री गर्दैछ।

कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता बाँकी बसेकोमा सोही शेयर बिक्री गर्न लागेको हो।

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ भने आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। यसमा इच्छुक सबैले आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति वैशाख २१ गते रहेको छ भने बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*