स्वाभिमान लघुवित्तको खुद नाफा ह्वात्तै बढ्यो

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ह्वात्तै बढेको छ।
कम्पनीले गत वर्षको चैत त्रैमाससम्म जम्मा १८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा ११८४ प्रतिशतले बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको हो।
त्यस्तै कम्पनीको सञ्चालन नाफा गत वर्ष २ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा घटेर ८४ लाख रुपैयाँ धनात्मक भएको छ। यससँगै कम्पनीको खुद ब्याज आम्दानी पनि करीब ६ करोडबाट बढेर ११ करोड ८४ लाख रुपैयाँ नाघेको छ।
गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी जम्मा ८ करोड ८० लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १४ करोड रुपैयाँ नाघेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी पनि ३२ रुपैयाँ ६१ पैसा कायम भएको छ।
चुक्ता पूँजी १४ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ३० लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले १ अर्ब ८२ करोड सापटी लिएर २ अर्ब ७३ करोडबढी कर्जा दिएको छ।
निष्क्रिय कर्जा ४.११ प्रतिशत रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ३२ पैसा रहेको छ।