अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.३८ रुपैयाँ र बिक्रीदर १३६.९८ रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा बढेको हो।
आज युरोपियन युरो एकको खरिददर १५५.४० रुपैयाँ र बिक्रीदर १५६.०८ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १८१.४१ रुपैयाँ र बिक्रीदर १८२.२० रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६५.५८ रुपैयाँ र बिक्रीदर १६६.३१ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.३७ रुपैयाँ र बिक्रीदर ८७.७६ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९८.५९ रुपैयाँ र बिक्रीदर ९९.०२ रुपैयाँ रहेको छ।
सिंगापुर डलर एकको खरिददर १०४.०० रुपैयाँ र बिक्रीदर १०४.४६ रुपैयाँ, जापानी येन १० को खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३१ रुपैयाँ र बिक्रीदर ३७.४८ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.०९ रुपैयाँ र बिक्रीदर ४.१० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.१३ रुपैयाँ र बिक्रीदर ३७.२९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.०६ रुपैयाँ र बिक्रीदर ३१.२० रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १४.२३ रुपैयाँ र बिक्रीदर १४.२९ रुपैयाँ रहेको छ।
त्यस्तै ड्यानेस क्रोनर एकको खरिददर २०.८२ रुपैयाँ र बिक्रीदर २०.९१ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.५८ रुपैयाँ र बिक्रीदर १७.६५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४५.३१ रुपैयाँ र बिक्रीदर ४४७.२७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६१.८३ रुपैयाँ र बिक्रीदर ३६३.४२ रुपैयाँ तथा ओमानी रियाल एकको खरिददर ३५४.२४ रुपैयाँ र बिक्रीदर ३५५.८० रुपैयाँ रहेको छ।