आगामी बर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते

१० बैशाख २०८२, बुधबार १८:३३

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गरिने भएको छ । सभामुख देवराज घिमिरेले बुधबार प्रमुख सचेतकहरूसँगको छलफलपछि नीति तथा कार्यक्रम पेश गर्ने तय भएको हो ।

वैठकमा आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ । सो कार्यसुचि वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने जनाइएको छ ।

सभामुख घिमिरेले छलफलमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । बैठकले ती प्रस्तावमाथि सहमति जनाएको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*