सरकारको निर्णयविरुद्ध बोलेपछि ऊर्जा राज्यमन्त्री तामाङ पदमुक्त
१० बैशाख २०८२, बुधबार १८:०२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदमुक्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले बुधबार अपराह्न तामाङलाई पदमुक्त गरेको हो ।
सरकारको निर्णय सार्वजनिकरूपमा अस्वीकार गर्दै विरोध जनाएपछि प्रधानमन्त्री ओलीले तामाङप्रति असन्तुष्टि जनाउँदै उनलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति तामाङले सार्वजनिक रूपमा असहमति जनाएका थिए । सत्ता पक्षमै रहेर आफ्नै सरकारको निर्णयको विरोधमा उत्रिएका तामाङप्रति प्रधानमन्त्री ओली निकै असन्तुष्ट बनेको स्रोतको दाबी छ ।