शिक्षामन्त्री रघुजी पन्त
१० बैशाख २०८२, बुधबार १७:५१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व अब एमाले नेता रघुजी पन्तले सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई मन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । पन्तको शपथ कार्यक्रम भोलिका लागि तय गरिएको छ ।
उनी एमालेको समानुपातिक सूचीबाट प्रतिनिधिसभामा सांसद बनेका हुन् । गत ८ वैशाखमा तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि मन्त्रालय नेतृत्व रिक्त रहेको थियो ।