सानिमा बैैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
१० बैशाख २०८२, बुधबार १६:२४

काठमाडौँ । सानिमा बैंक लिमिटेडले डेभलपर पदमा कर्मचारी माग गरेको छ। बैंकले असिस्टेन्टदेखि सुपरभाइजर तहसम्मको कर्पोरेट पोजिसनअन्तर्गत डेभलपर पदमा योग्य तथा सक्षम उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो।
सूचना प्रविधि क्षेत्रमा रुचि राख्ने र बैंकिङ सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै अघि बढ्न चाहने व्यक्तिहरूका लागि यो सुनौलो अवसर रहेको बैंकको भनाइ छ।
इच्छुक उम्मेदवारहरूले सानिमा बैंकको आधिकारिक पोर्टल career.sanimabank.com मा गएर ‘Apply Online’ बटन क्लिक गरी अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद २०८२ वैशाख २४ गते (मे ७, २०२५) साँझ ५ बजेसम्म तोकिएको छ।