क्रेष्ट र नेपाल माइक्रोको शेयरमा सर्किट, अन्य कुनको कति बढ्यो ?

१० बैशाख २०८२, बुधबार १५:०९

काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । आज लगातार चौथो दिन बजार घट्न पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४४ अकंले घटेर २६५५.८८ बिन्दुमा कायम भएको छ। आज ३०८ कम्पनीको १ करोड ८४ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

बजार घट्दा पनि केहि कम्पनीको शेयर मूल्यमा भने उच्च सुधार देखिएको छ । आज नेपाल माइक्रो र क्रेष्ट माइक्राको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै, राधी विद्युतको ३.८० प्रतिशत, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको २.६४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*