गोबिन्द घिमिरेले सम्हाले एनएमबि बैंकको नेतृत्व
१० बैशाख २०८२, बुधबार १२:५९

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी गोबिन्द घिमिरेले मंगलबारदेखि औपचारिक रूपमा सम्हालेका छन्।
पूर्व सीईओ सुनिल केसीको कार्यकाल बाफिया ऐनअनुसारको अधिकतम ८ वर्षे अवधि पुगेपछि बैंकको नेतृत्व परिवर्तन भएको हो। संचालक समितिले यसअघि फागुनमै घिमिरेलाई वैशाख १० गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो।
वित्तीय क्षेत्रको अनुभवमा दख्खल राख्ने घिमिरे यसअघि पनि बैंकको उच्च व्यवस्थापनमा संलग्न थिए। उनीसँग लामो समयको बैंकिङ अनुभव रहेको छ।
यसैबीच, बैंकले सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिपुटी सीईओ) को जिम्मेवारी दिएको छ। नेतृत्वको नयाँ संयोजनसँगै बैंकले रणनीतिक दिशा तय गर्दै सेवा तथा सञ्चालनमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।