सलिकोले वैशाख २६ देखि अभिकर्ता तालीम सञ्चालन गर्ने

१० बैशाख २०८२, बुधबार १२:५५

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २६ देखि २९ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ।

कम्पनीका अनुसार प्लस टू पास गरेकाले तालीम लिन सक्नेछन् भने यसका लागि शैक्षिक र नेपाली नागरिकताको प्रमाणपत्र सहित पासपोर्ट साइजको ३ प्रति फोटो र ३ हजार रुपैयाँ शुल्क लाग्नेछ।

संस्थागत बीमा अभिकर्ताको तालिम लिन चाहने संस्थाले समेत आवश्यक पर्ने कागजात पेश गरेर सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

तालिम बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म सञ्चालन हुनेछ भने सम्पर्क स्थान नक्सालस्थित प्रधान कार्यालय तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*