राष्ट्र बैंकद्वारा आज ३५ अर्ब रुपैयाँ बजारबाट संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैशाख १० गते बजारबाट ३५ अर्ब रुपैयाँ सटही गर्न लागेको छ। बैंकिङ्ग प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।
राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोल प्रणालीमार्फत रकम संकलन गर्ने कार्यक्रम तय गरेको छ। यस प्रक्रियामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले सहभागी हुन पाउनेछन्।
बोलकबोलमा सहभागी संस्थाहरूले आफैंले प्रस्ताव गर्ने ब्याजदर उल्लेख गरी प्रतिस्पर्धा गर्न सक्नेछन्। यस क्रममा सबैभन्दा न्यून ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइने केन्द्रीय बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको गुणनफलमा रकम प्रस्ताव गर्न सक्नेछन्। बोलकबोलबाट प्राप्त प्रमाणपत्रहरू धितोको रूपमा प्रयोग गर्न सकिने सुविधा पनि हुनेछ।
संकलित रकमको साँवा र ब्याज आगामी बैशाख ३१ गते भुक्तानी गरिने व्यवस्था गरिएको छ।