नयाँ रेकर्डबाट ह्वात्तै घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
१० बैशाख २०८२, बुधबार १०:३८

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला ७ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।