आईपीओ प्रस्ताव सहित ट्रष्ट माइक्रोले बोलायो साधारणसभा
१० बैशाख २०८२, बुधबार १०:०४

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित आउँदो जेठ १ गते रुपन्देहीको महाराजा रिसोर्टमा बिहान सवा ९ बजे बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ।
उक्त सभाले आईपीओ जारीपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिको बैठकले नियक्त गरेका सञ्चालकलाई अनुमोदन गर्नेछ।
कम्पनीले सभा प्रयोजनार्थ वैशाख २५ गते बुक क्लोज गर्ने भएकाले वैशाख २४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।