स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१० बैशाख २०८२, बुधबार ०६:२३

काठमाडौं । स्वरोजगार र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले भोलि वैशाख ११ गते बुक क्लोज गर्ने भएकाले लाभांश लिन चाहनेलाई सम्बन्धित कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ।
स्वरोजगार लघुवित्तले आफ्नो चुक्ता पूँजीबाट १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।
कम्पनीले प्रस्ताव स्वीकृत गर्न वैशाख २९ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजे साधारणसभा बोलाएको छ।
यता स्वाभिमान लघुवित्तले चुक्ता पूँजीबाट ५ प्रतिशत बोनस शेयर सहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ।
उक्त निर्णय पारितका लागि वैशाख १९ गते रुपन्देहीमा रहेको कम्पनी स्वयंको केन्द्रीय कार्यालयमा बिहान ११ बजे साधारणसभा बोलाएको छ।