‘राजीनामा दिइसकेँ, प्रक्रियामा जान्छ भन्ने अपेक्षामा छु’: डा. गुणाकर भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैशाख ५ गते राजीनामा दिएको चारदिनसम्म पनि स्वीकृती पाएका छैनन्।
बैशाख ५ गते गभर्नर बन्ने पक्का भएपछि उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएको बताउँदै डा. भट्टले भने, ’राजीनामा दिइसकेँ, प्रक्रियामा जाला भन्ने अपेक्षामा छु ।’
भट्टले राजिनमा दिईसकेको र प्रकृयामा रहेको भन्दै डेपुटी गभर्नर निमल ढुंगानाप्रति कुनै प्रतिकृया दिन चाहेनन् ।
राष्ट्र बैंकको ऐनले गभर्नर नियुक्ति प्रायोजनका लागि कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने प्रावधान रहेको छैन । गभर्नर नियुक्ति भएपछि कार्यकारी निर्देशकबाट स्वतः राजिनामा गरेको मानिने व्यवस्था रहेको छ ।
सो कारण राजिनामा स्वीकृत नगरेपनि डा। भट्ट गभर्नर भए स्वतः राजिनामा हुने व्यवस्था राष्ट्र बैंकको ऐनमा रहेको व्यवस्थामा डा। भट्ट ढुक्क भएको देखिन्छ ।
सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच सहमति बनेपछि भट्टले बैशाख ५ गते बिहान राजीनामा बुझाएका हुन्। राष्ट्र बैंक ऐनमा कार्यकारी निर्देशकले राजीनामा बुझाउनुपर्ने अनिवार्य व्यवस्था नभए पनि विवादरहित हुन भट्टले राजीनामा बुझाएका हुन्। कायममुकायम गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेर राष्ट्र बैंकको मानव संशाधन विभागमा आजसम्म नआईसकेको राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले बीमापोष्टलाई जानकारी दिएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा अर्थशास्त्री विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराईसहितको गभर्नर सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्न बाँकी रहेको थियो । उक्त समितिमार्फत पूर्वगभर्नर विजयनाथ भट्टराईले एक महिनासम्म पनि बैठक नबोलाएको भन्दै राजिनामा दिएका छन् । अब गभर्नर नियुक्ति प्रकृया थप किचलो हुने देखिएको छ।
राष्ट्र बैंकमा १८ औँ गभर्नर नियुक्तिको विषय जटिल बन्दै गइरहँदा नेताहरूले मध्यमार्गी विकल्पमा डा. गुणाकर भट्टलाई अगाडि सार्ने सहमति गरेका हुन्। गभर्नर नियुक्तिको विषयले सत्ता गठबन्धनमै संकट परेको भन्दै प्रचारबाजी सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गएको गत साता छलफलसमेत भएको थियो। जसमा देउवाको प्रस्ताव मान्न प्रधानमन्त्री ओली तयार देखिएका थिए र चाडौं नै गभर्नर नियुक्ति हुने आश्वासन दिएपनि निर्णय फेरबदल भएको हुन सक्ने आंशका गरिएको छ।