लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ल्यायो ‘ग्यारेण्टिड ग्रोथ प्लान’, सानो बचतबाट भविष्यमा ग्यारेन्टी फाइदा

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले न्यून तथा मध्यम आय वर्गलाई लक्षित गर्दै नयाँ बीमा योजना ‘ग्यारेण्टिड ग्रोथ प्लान’ सार्वजनिक गरेको छ। कम्पनीले बजारको माग र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै उक्त बीमालेख ल्याएको जानकारी दिएको छ।
कम्पनीका अनुसार, यस योजनाले सानो रकम बचत गर्ने बानीलाई प्रोत्साहन गर्दै बीमालेख परिपक्व भएपछि बीमितलाई एकमुष्ठ रकम प्रदान गर्नेछ, जसले उनीहरूको दीर्घकालीन आर्थिक लक्ष्य पूरा गर्न सहयोग पुर्याउनेछ। त्यस्तै, बीमालेखको अवधि सक्रिय रहँदा बीमितको मृत्यु भएमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गरिनेछ।
यस योजनामा १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिले न्यूनतम ८ वर्षदेखि अधिकतम २५ वर्ष अवधिको लागि बीमा खरिद गर्न सक्नेछन्। बीमाङ्क न्यूनतम १० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म तोकिएको छ। बीमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा एकमुष्ठ रूपमा गर्न सकिने व्यवस्था गरिएको छ। साथै, सानो अतिरिक्त शुल्कमा एडिबि (दुर्घटना मृत्यु लाभ) र एटिपिडि (पूर्ण स्थायी अशक्तता लाभ) सुविधा पनि लिन सकिने कम्पनीले जनाएको छ।
ग्यारेण्टिड ग्रोथ प्लान अन्तर्गत बीमालेख अवधिको आधारमा ग्यारेन्टी रिटर्न प्रदान गरिनेछ। योजना अनुसार, १० वर्षे अवधिसम्म रु.२५, १०–१४ वर्षे अवधिमा रु.३५, १५–१९ वर्षे अवधिमा रु.४५, र २० वर्ष वा सोभन्दा बढी अवधिका लागि रु.५० प्रतिवर्ष प्रतिहजारको दरले बीमाङ्कमा प्रत्याभूत आय थपिनेछ।
यदि बीमालेख अवधिभर सक्रिय रहँदा बीमितको निधन भयो भने, मुख्य बीमाङ्कमा योजनाअनुसारको प्रत्याभूत आय थप गरि एकमुष्ठ रकम परिवारलाई भुक्तानी गरिनेछ। साथै, बीमालेख प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपछि र त्यस अवधिसम्मको बीमाशुल्क तिरेको खण्डमा, नेपाल बीमा प्राधिकरणको नियमानुसार बीमालेख सर्मपण गर्न सकिने वा सर्मपण मूल्यको ९० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था पनि यस योजनामा छ।
कम्पनीले सबै ग्राहकहरूलाई ग्यारेण्टिड ग्रोथ प्लान खरिद गरी भविष्य सुरक्षित बनाउन आग्रह गरेको छ।