मंगलबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

९ बैशाख २०८२, मंगलवार १५:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९३ अकंले घटेर २६९३.३५ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

बजार घटेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको छ । आज तीन कम्पनीको शेयरमा सर्किट लागेको हो । नेपाल माइक्रा, क्रेष्ट माइक्रा र मकर जितुमाया सुरीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

साथै, ग्रिनलाइफको ५.५७ प्रतिशत र तेह्रथुम पावरको ४.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*