खराब कर्जाको दलदलमा लुम्बिनी विकास बैंकः एनपीएल पुग्यो ७.१८ प्रतिशत, अन्य बैंकको कति ?

April 22nd, 2025

काठमाडौँ । लुम्बिनी विकास बैंक खराब कर्जा (एनपीएल) को दलदलमा फस्दै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय स्तरका विकास बैंकहरूमध्ये लुम्बिनी विकास बैंकको एनपीएल सबैभन्दा उच्च ७.१८ प्रतिशत पुगेको छ । लगातार बढ्दो खराब कर्जाका कारण बैंकको नाफा समेत धराशायी बन्दै गएको छ । सोही अवधिमा लुम्बिनी विकास बैंक नाफाको हिसाबले पनि सबैभन्दा पछाडि देखिएको छ, जसले बैंकको आन्तरिक व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ।

खराब कर्जा वृद्धि हुनुमा बैंकको कर्जा प्रवाह नीति र ऋणी छनोट प्रक्रिया दोषी देखिन्छ । जोखिम मूल्यांकन नगरी र सुरक्षित धितो विना ऋण प्रवाह गरिएको, पुराना ऋणीको कर्जा समयमै असुल नगरेको तथा कमजोर अनुगमन प्रणालीले बैंकलाई थप जोखिममा पुर्याएको छ । यस्तो अवस्थाले बैंकको वित्तीय स्थायित्वमाथि प्रतिकूल असर पार्नुका साथै लगानीकर्ताको विश्वाससमेत घटाइरहेको छ ।

अन्य ७ विकास बैंकको भने राष्ट्र बैंकको अधिनमा नै रहेको देखिन्छ । औसतमा यी संस्थाहरुको एनपीएल ५.०४ प्रतिशत छ ।गत वर्षको सोहि अवधिमा बैंकको एनपिएल ३.५८ प्रतिशत रहेको थियो ।

खराब कर्जा सर्वाधिक हुने दोस्रो नम्बरमा महालक्ष्मी विकास बैं रहेको छ । बैंकको एनपिएल ४.९९ प्रतिशत रहेको छ । यता, ज्योति विकासको समेत ४.९८ प्रतिशत एनपीएल देखिएको छ ।

साथै, सांग्रिला डेभलमपेन्ट बैंकको ४.९७ प्रतिशत, गरिमा विकास बैंकको ४.७८ प्रतिशत, शाइन रेसुङ्गाको ४.७६ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ४.४१ प्रतिशत, कामना सेवा विकास बैंकको ४.२७ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकले ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंकहरुले गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*