सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोला किन्न एक लाख ९७ हजार ९०० रुपैयाँ चाहिने
९ बैशाख २०८२, मंगलवार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई लाख नजिक आइपुगेको हो ।
आज मात्रै सुन तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९७० रुपैयाँ कायम छ ।