सप्तकोशी विकास बैंकको खुद नोक्सान घट्यो

९ बैशाख २०८२, मंगलवार ०७:५३

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नोक्सान घटेको हो।

गत वर्षको चैत मसान्तसम्म बैंक ७ करोड ३१ लाख रुपैयाँ खुद नोक्सानीमा रहेकोमा चालू आवमा नोक्सानी घटेर २ करोड ७७ लाख रुपैयाँमा झरेको हो।

खुद नोक्सानी घटेसँगै यस वर्ष बैंकको कुल सञ्चालन आम्दानी १ करोड ३३ लाख रुपैयाँबाट बढेर २ करोड रुपैयाँ नाघेको छ भने खुद ब्याज आम्दानी पनि ११ करोड ४२ लाख रुपैयाँबाट बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी गत वर्ष ११ रुपैयाँ ६८ पैसा ऋणात्मक रहेकोमा यस वर्ष घटेर ४ रुपैयाँ ४४ पैसामा झरेको छ भने वितरणयोग्य नाफा साढे ५० करोड रुपैयाँबढीले अझै ऋणात्मक छ।

चुक्ता पूँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा साढे ५० करोड रुपैयाँ ऋणात्मक र रिजर्भमा साढे ३१ करोडबढी सञ्चिति रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*