अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १३५.९१ रुपैयाँ र बिक्रीदर १३६.५१ रुपैयाँ रहेको छ जुन अघिल्लो दिनको तुलनामा घटेको हो।
यता युरोपियन युरो एकको खरिददर १५६.७० रुपैयाँ र बिक्रीदर १५७.३९ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १८१.९३ रुपैयाँ र बिक्रीदर १८२.७३ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६८.४५ रुपैयाँ र बिक्रीदर १६९.१९ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.२७ रुपैयाँ र बिक्रीदर ८७.६६ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९८.३९ रुपैयाँ र बिक्रीदर ९८.८३ रुपैयाँ रहेको छ।
सिंगापुर डलर एकको खरिददर १०४.२१ रुपैयाँ र बिक्रीदर १०४.६७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७३ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.२३ रुपैयाँ र बिक्रीदर ३६.३९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४५ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.११ रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१० रुपैयाँ र बिक्रीदर ३१.२४ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १४.३० रुपैयाँ र बिक्रीदर १४.३६ रुपैयाँ रहेको छ।
त्यस्तै ड्यानेस क्रोनर एकको खरिददर २०.९९ रुपैयाँ र बिक्रीदर २१.०८ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.५१ रुपैयाँ र बिक्रीदर १७.५९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४४.०६ रुपैयाँ र बिक्रीदर ४४६.०२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.५७ रुपैयाँ र बिक्रीदर ३६२.१६ रुपैयाँ तथा ओमानी रियाल एकको खरिददर ३५३.०२ रुपैयाँ र बिक्रीदर ३५४.५८ रुपैयाँ कायम गरिएको छ।