प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू, के-के विषयमा हुन्छ छलफल ?

८ बैशाख २०८२, सोमबार १८:३०

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। बैठकमा समसामयिक राजनीतिक र प्रशासनिक विषयहरूमा छलफल हुनुका साथै केही महत्वपूर्ण निर्णयहरू समेत लिइने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा आजको बैठकबाट स्वीकृत हुने अपेक्षा गरिएको छ। भट्टराईले पछिल्ला दिनमा शिक्षकहरूको आन्दोलन चर्किंदै गएपछि सोमबार प्रधानमन्त्रीसँग भेट गर्दै पदबाट राजीनामा दिएकी थिइन्। यद्यपि मन्त्रालयका उच्च अधिकारीहरूले भने उनले स्वास्थ्य अवस्थालाई कारण देखाएर राजीनामा दिएको दाबी गरेका छन्।

बैठकमा यही वैशाख १२ गतेदेखि सुरु हुने प्रतिनिधिसभाको अधिवेशन, आन्दोलनरत शिक्षकसँगको संवाद र माग सम्बोधनका विषय, साथै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा समेत छलफल हुने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*