नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत
८ बैशाख २०८२, सोमबार १६:५६

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ ।
सोमबार एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ को ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । अब मंगलबारदेखि उक्त ऋणपत्रको कारोबार गर्न सकिनेछ ।