गार्डियन माईक्रो लाइफलाई कारवाही गर्न बीमा प्राधिकरण अध्यक्ष ओझा हटे पछाडि

काठमाडौं । गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सलाई हकप्रद रोकेर नियामकिय प्रावधान अनुसार कारवाही गर्न नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पछाडि हटेको छ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन गर्दै हकप्रद सेयर जारी गर्न नपाउने निर्देशन दिएको थियो
कम्पनीका एक संचालकले प्राधिकरणले हाललाई स्थगित गर्न मात्रै निर्देशन दिएको बताएका छन् । अन्य कम्पनीका यस्ता घटनामा कारवाही गर्न हतार गर्ने प्राधिकरण यति बेला अध्यक्ष ओझाको निर्देशनको कारण चुपचाप बस्न बाध्य भएका छन् ।
प्राधिकरणले चैत १८ गते विशेष साधारण सभा डाकेको बिषयमा २८ गते सपष्टीकरण सोधेको थियो । बीमा प्राधिकरणले विशेष साधारण सभामार्फत १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने बिषयमा ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण मागेको थियो ।सष्टीकरण चित्त बुझदो नआएपछि बिशेष साधारण स्थगन गर्ने निर्देशन दिएको हो ।
प्राधिकरणको नियमन महाशाखाबाट बैशाख २ गते प्राप्त पत्रबाट विशेष साधारण सभा स्थगित गर्न निर्देशन भएपछि कम्पनीले बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । तर प्राधिकरणले भने पत्र २८ गते नै पठाएको जनाएको छ।
गार्डियन माइक्रो लाइफको शतप्र्रतिशत हकप्रद सेयर निष्कासन गर्न आइपीओ बिक्री गरेको दुई महिनामै विशेष साधारण सभा बोलाएको थियो । प्राधिकरणको निर्देशन पछि रोकिएपनि केही समयपछि प्रस्ताव अघि बढाउने तयारीमा रहेको संचालक समितिका एक पदाधिकारीले बीमापोष्टलाई बताएका छन् ।