मन्त्रिपरिषद्को बैठक आज बस्दै, गभर्नर नियुक्तिको बिषय के होला ?
८ बैशाख २०८२, सोमबार १५:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्ध र गर्भनर नियुक्ति बिषयमा पनि छलफल हुन सक्ने बताइएको छ । र्भनर नियुक्तिको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र काग्रेसका सभापति शेयर बहादुर देउवाबीच सहमती भएको बिषयमा पनि आज निर्णय हुने सक्ने बताइएको छ।