१८ लाखको हात रित्तो हुने पियोर इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओ यहि साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बैशाख ११ गते बाँडफाँट गरिने भएको हो । बाँडफाँको समेत भने तय भइसकेको छैन ।
आइपीओमा अन्तिम दिनसम्म २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन भएको थियो । १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १९.०२८ गुणा बढी हो ।
पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।
जसको आइपीओ १ लाख १९ हजार ५२० जनाले १०.१० कित्ता दरले शेयर हात पार्नेछन् । १८ लाखभन्दा बढीको हात भने रित्तो रहनेछ ।
यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।