सर्वाधिक लाभांश दिन सक्नेमा एभरेष्ट, चार्टर्ड र सानिमा अघि, अझै ६ वटाको वितरणयोग्य मुनाफा भने ऋणात्मक

८ बैशाख २०८२, सोमबार १२:४६

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । ६ बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार १६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेको हो ।

यीमध्ये सबैभन्दा ठूलो घाटा हिमालयन बैंकले देखाएको छ । बैंकको चैत मसान्तसम्मको वितरणयोग्य नाफा ऋणात्मक ७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको वितरणयोग्य नाफा बैंकको ५ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

सर्वाधिक वितरणयोग्य मुनाफा ऋणात्मक हुनेमा एनआईसी एशिया बैंक दोस्रो नम्बरमा रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड रुपैयाँ नकारात्मक देखिएको छ ।

तेस्रो स्थानमा प्रभु बैंक छ, जसले ३ अर्ब ४० करोड रुपैयाँको वितरणयोग्य घाटा देखाएको छ । यस्तै, कुमारी बैंकको घाटा १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणात्मक नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसमेत वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । बैंकको यो नाफा १ अर्ब २ करोड रुपैयाँले ऋणात्मक छ ।

अन्य १४ बैंकको वितरणयोग्य नाफा

सबैभन्दा धेरै एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । बैंकको लाभांश दिन सक्ने क्षमता सर्वाधिक प्रतिशेयर २४.०९ रुपैयाँ रहेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड रुपैयाँ छ । गत वर्ष भने बैंकको ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको थियो । बैंकको लाभांश क्षमता प्रतिशेयर १२.०४ रुपैयाँ रहेको छ ।

नबिल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड, सानिमा बैंकको २ अर्ब १९ करोड, कृषि विकास बैंकको १ अर्ब ९१ करोड, प्राइम बैंकको १ अर्ब ७३ करोड, स्टान्र्डड चार्टड बैंकको १ अर्ब ४७ करोड, एनएमबिको १ अर्ब ३१ करोड, एसबिआईको १ अर्ब ५ करोड, लक्ष्मी सनराइजको ७७ करोड, नेपाल बैंकको ३० करोड, सिद्धार्थ बैंकको १८ करोड र सिटिजन्स बैंकको १६ करोड र माछापुच्छे बैंकको ७ करोड रुपैयाँ रहेको छ।

जस आधारमा १० बैंकको लाभांश क्षमता दोहोरो अकंमा रहेको छ । एभरेष्टले सर्वाधिक लाभांश दिन सक्ने छ झने सो पश्चा स्ट्याण्डर्डको प्रतिशेयर १९.३५ रुपैयाँ लाभांश क्षमता छ ।

साथै, सानिमाको १८.९२ रुपैयाँ, नबिलको १२.६८ रुपैयाँ, कृषि विकासको १२.२५ रुपैयाँ, ग्लोबल आइएमईको १२.०४ रुपैयाँ, नेपाल एसबीआईको ११.१० रुपैयाँ र प्राइमको १०.५८ रुपैयाँ लाभांश क्षमता छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*