खराब कर्जाको भुमरीमा वाणिज्य बैंक: ९ वटाको एनपिएल ५ प्रतिशत माथि, अन्य कुनको कति ?

७ बैशाख २०८२, आईतवार १६:००

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । खराब कर्जाका कारण वित्तीय संस्थाहरू गम्भीर दबाबमा परेका छन । कानुनी रूपमा ऋणीको सम्पत्ति कब्जा गर्ने, लिलामी प्रक्रिया अघि बढाउने अधिकार बैंकहरूसँग भए पनि व्यवहारिक रूपमा कर्जा असुली सजिलो रहेको छैन । वित्तीय संस्थाहरूले लगानी गरेको कर्जा समयमा उठ्न नसक्दा त्यसभित्रको जोखिम थप बढ्दै गएको छ ।

ऋणीले रकम फिर्ता गर्न नसक्दा बैंकरहरूलाई कर्जा असुलीको कार्य सञ्चालन गर्दा मानसिक र प्रशासनिक दुवै किसिमको दबाब खेप्नुपरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको आँकडाले बैंकहरूमा असुली हुन नसकेको ऋणको मात्रा उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ । कर्जा विस्तारपछि त्यसको फिर्ती सुनिश्चित गर्नु अहिले बैंकहरूका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १८ बैंकको खराब कर्जा बढेको छ भने २ बैंकले मात्रै घटाउन सफल भएका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ४.९६ प्रतिशतबाढ बढेर ७.६८ प्रतिशत पुगेको हो ।
सर्वाधिक खराब कर्जा हुने दोस्रो नम्बरमा कुमारी बैंक रहेको छ । बैंकको खराब कर्जा ६.९८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने बैकको खराब कर्जा ४.९५ प्रतिशत रहेको छ

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.६६ प्रतिशतबाट बढेर ६.०६ प्रतिशत पुगेको छ । लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.८६ प्रतिशत, सिटिजन्स बैंकको ५.७१ प्रतिशत, प्राइम बैंकको ५.६५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत रहेको छ ।

यता, ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, एनएमबि बैंकको ४.४७ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.०६ प्रतिशत, सिद्धार्थ बैंकको ४.०४ प्रतिशत र सानिमा बैंकको ३.४२ प्रतिशत रहेको छ।

यसअवधिमा स्टान्र्डड चार्टड र एभरेष्ट बैंकको खराब कर्जा भने घटेको छ । क्रमशः १.४४ र ०.६४ प्रतिशतले खराब कर्जा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*