आईएमई लाइफ इन्स्योरेन्सले नियुक्त गर्‍यो सरल सावधिक जीवन बीमाका सद्भावनादूत

७ बैशाख २०८२, आईतवार १५:२२

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल सावधिक जीवन बीमा योजना’ का लागि आफ्नो नयाँ सद्भावनादूत (प्रडक्ट एम्बासडर) २०२५ को रुपमा सुशिला रोकालाई नियुक्त गरेको छ। आयोजिक एक कार्यक्रममा रोका सद्भावनादूतको रूपमा सार्वजनिक रूपमा घोषणा गरिएकी हुन्।

सुशिला रोकाले कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्तामध्ये उत्कृष्ट व्यवसाय गर्दै “सरल सावधिक जीवन बीमा योजना” अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। कार्यक्रमका दौरान कम्पनीले रोकाको नाममा ब्यानर र प्रचार सामाग्री समेत सार्वजनिक गरेको छ। कम्पनीले यस प्रक्रियाले अभिकर्ताहरूमाझ स्वस्थ प्रतिस्पर्धा बढाउने, उनीहरूलाई थप प्रेरित गर्ने र व्यवसायमा प्रतिबद्धता बढाउने विश्वास व्यक्त गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले कार्यक्रममा बोल्दै आईएमई लाइफले आफ्ना अभिकर्ताहरूको ज्ञान, दक्षता र व्यक्तित्व विकासमा निरन्तर काम गरिरहेको बताए। उनले सरल, सहज र स्तरीय बीमा सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनीले अभिकर्ता केन्द्रित अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*