आइतबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
April 20th, 2025

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२१ अकंले घटेर २७०६.५१ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर किनबचे हुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ ।
बजार घटेपनि दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज नेपाल माइक्रो र क्रेष्ट माइक्रो शेयरमा सकारात्मक सर्किट लागेको हो ।
साथै, राधी विद्युतको ६.३७ प्रतिशत र बोटलर्स नेपाल (बालाजु) को ६.११ प्रतिशतले शेयर मूल्य बढेको हो ।