घट्यो पुँजी बजारः कारोबार भने साढे ८ अर्ब, त्रैमासिक विवरणले मनोबल घटेको हो ?

७ बैशाख २०८२, आईतवार १५:०५

काठमाडौँ । तीन दिन हरियाली आएको शेयर बजार आज घटेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको दिनमै बजार ओरालो लागेको हो ।

वित्तीय विवरण खासै उपलब्ध मुुलक छैन । लाभांश दिन सक्ने क्षमता अधिकांश कम्पनीको कमजोर छ । सोहि कारण लगानीकर्ताको मनोबल कमजोर बनेको छ । राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियाले समेत लगानीकर्ताको मनोबल केहि कमजोर बन्न पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२१ अकंले घटेर २७०६.५१ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर किनबचे हुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ ।

यसदिन १० उपसूचक राताम्य भएका छन् । आज फाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र हाइड्रोपावरको शेयर सर्वाधिक घटेको हो । आज ५३ कम्पनीको मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*