प्रहरी नियन्त्रणमा नपरी सांसद दीपक सिंह प्रदर्शनस्थलमा
७ बैशाख २०८२, आईतवार १४:३९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगेका छन् । सिंहदबारमा केहीबेर अघि अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए । यद्यपि उनी प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शनस्थलमा पुगेका छन् ।