अब्बल देखियो महालक्ष्मी विकास बैंकको वित्तीय रिपोर्ट, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १६.८७ प्रतिशतले बढेर ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैकको नाफा ३७ करोड ३५ लाख रुपैयाँ रहेको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७८ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।
यता, कम्पनीको सञ्चालन नाफा ५३ करोड २१ लाख रुपैयाँबाट बढेर ६२ करोड ८१ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा ४.९९ प्रतिशत पुगेको छ भने वितरणयोग्य मुनाफा १६ करोड ३४ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा बैंकको चुक्तापूँजी ४ अर्ब २९ करोड ६४ लाख रुपैयाँ र जगेडा कोष सञ्चिति २ अर्ब ५८ करोड १ लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १३.५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३.८६ रुपैयाँ रहेको छ ।