सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देन, ज्ञानेन्द्र शाही लगायत नेताहरू पक्राउ
७ बैशाख २०८२, आईतवार १४:१५

काठमाडौं । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।