दिपायलमा पहिलोपटक सुविधा सम्पन्न ‘फिटनेस केन्द्र’, स्थानीय युवाको प्रेरणादायी पहल

April 20th, 2025

काठमाडौँ । सुदुरपश्चिम प्रदेशको डोटी जिल्लाको दिपायलमा पहिलोपटक सुविधा सम्पन्न ‘फिटनेस केन्द्र’ सञ्चालनमा आएको छ । जिल्लाका दुई युवाहरु सानु बलायर र नवराज भट्टको संयुक्त पहलमा ‘दिपायल फिटनेस केन्द्र’ स्थापना गरिएको हो ।

जिल्लाबासीको स्वास्थ्य र फिटनेसप्रति चासो बढ्दै गइरहेको बेला डोटीको सदरमुकाम नजिकै यस्तो आधुनिक जिम सञ्चालनमा आउनु क्षेत्रको लागि उल्लेखनीय प्रगति मानिएको छ । हालसम्म डोटी जिल्लामा व्यायाम र स्वास्थ्य सचेतनाका लागि त्यति उल्लेखनीय पूर्वाधारको अभाव रहँदै आएकोमा यसले नयाँ सम्भावनाको ढोका खोलेको छ ।

फिटनेस केन्द्रका संस्थापक मध्येका एक सानु बलायर स्वयं ट्रे्नरसमेत हुन् । उनले लामो समयदेखि फिटनेस, व्यायाम र पोषणसम्बन्धी ज्ञान हासिल गर्दै आएका छन् ।  अर्को सहसंस्थापक नवराज भट्टसँगको सहकार्यमा दिपायलमा यस्तो अत्याधुनिक व्यायामशाला खोलिएको हो । उनीहरुले दुवैले युवाहरुलाई आत्मनिर्भर बनाउने, स्वास्थ्यप्रति सचेत बनाउने र दिपायललाई स्वस्थ जीवनशैलीतर्फ डोर्याउने उद्देश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याएको बताएका छन् ।

बलायरसँग विदेशमा समेत काम गरेको अनुभव भएका कारण उक्त फिटनेसलाई सर्वउत्कृष्ट बनाउने सकिने अपेक्षा राखिएको छ ।  ‘डोटी जस्तो दुर्गम क्षेत्रमा पनि फिटनेसप्रतिको आकर्षण बढ्दै गएको छ, हामीले अनुभूत ग¥यौँ कि अब स्थानीय तहमै स्वास्थ्य र व्यायामसम्बन्धी सेवा उपलब्ध गराउनु आवश्यक छ’ बलायरले भने, ‘स्वयं म फिटनेस ट्रे्नर भएकोले ज्ञान र सीपलाई समाजमै प्रयोग गर्ने सोचका साथ हामी अघि बढ्यौँ ।’

उनीहरुले यस्तो फिटनेस सेन्टर दिपायलमा खोल्नुको मुख्य उद्देश्य भनेको स्वास्थ्य र अनुशासित जीवनशैलीप्रति स्थानीय युवायुवतीलाई उत्प्रेरित गर्नु रहेको बताउँछन् ।

बैशाख ७ गते आइतबार ‘दिपायल फिटनेस केन्द्र’को औपचारिक उद्घाटन गरिएको हो । सञ्चालकद्वयका अनुसार केन्द्रमा कार्डियो, वेट ट्रेनिङ, स्ट्रेचिङ, मसल बिल्डिङ, वेट लस, फिजिकल थेरेपी लगायतका विविध सेवाहरु उपलब्ध हुनेछन् । अत्याधुनिक फिटनेस उपकरण, आरामदायक वातावरण, स्वास्थ्यसम्बन्धी परामर्श र अनुशासित तालिकाको आधारमा सेवा प्रदान गरिनेछ ।

विशेष गरेर यो जिमले युवाहरुलाई मात्र नभई स्वास्थ्यमा ध्यान दिने इच्छुक सबै उमेर समूहका मानिसहरुलाई लक्षित गरेर सेवा सञ्चालन गर्ने जनाएको छ । डोटी जिल्लाको दिपायल क्षेत्र स्वास्थ्य सेवाको पहुँचको दृष्टिकोणले अपेक्षाकृत पछाडि परेको क्षेत्र हो । यस्तै अवस्थामा युवाहरुले निजी लगानीमा यस्तो सुविधा सम्पन्न फिटनेस केन्द्र खोल्नु आफैँमा एउटा उदाहरणीय कार्य हो । यसले एकातर्फ युवा उद्यमशीलताको प्रवद्र्धन गरेको छ भने अर्कोतर्फ जिल्लामा स्वास्थ्य र अनुशासित जीवनशैलीप्रति चेतना जगाएको छ ।

स्वास्थ्य र फिटनेस केवल व्यक्तिगत सुधारको विषय मात्र नभएर सामाजिक र आर्थिक विकाससँग पनि गाँसिएको हुन्छ । जब युवाहरु आफ्नो स्वास्थ्यप्रति सजग हुन्छन्, उनीहरुको उत्पादकता, आत्मविश्वास र प्रेरणा पनि उच्च हुन्छ । साथै, यस्तो केन्द्रले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै विभिन्न प्रशिक्षक, सप्लायर्स, उपकरण व्यवसायी र स्वास्थ्य परामर्शदाताहरुलाई समेत अवसर प्रदान गर्छ । ‘दिपायल फिटनेस केन्द्र’ले अन्य युवाहरुलाई पनि आफ्नै ठाउँमा केही गर्ने प्रेरणा मिल्ने आशा गरिएको छ । यस्ता केन्द्रहरुले खेलकुद, स्वास्थ्य पर्यटन र जीवनशैली परिवर्तनको खाका कोर्न मद्दत गर्छन् ।

युवा जोश, व्यवसायिक सोच र सामाजिक जिम्मेवारीको सन्तुलन भएको यो प्रयासले डोटीलाई नयाँ उचाईमा पु¥याउने आशा गरिएको छ ।

One thought on “दिपायलमा पहिलोपटक सुविधा सम्पन्न ‘फिटनेस केन्द्र’, स्थानीय युवाको प्रेरणादायी पहल

  1. अर्जुन बोहरा says:

    धेरै राम्रो काम गर्नु भएको छ बलायर दाइ सफलता को शुभकामना छ दाजु

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*