विभिन्न सरकारी बेवसाइटहरूमा शुक्रबारदेखि समस्या

७ बैशाख २०८२, आईतवार १३:१७

काठमाडौं । शुक्रबार बिहानैदेखि विभिन्न सरकारी बेवसाइटहरूमा देखिएको समस्या आज तीन दिन बितिसक्दा पनि हल नभएपछि आम नागरिकले सूचना र सेवा लिन सास्ती खेप्नु परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धानको बेवसाइट शुक्रबारदेखि अजैसम्म खुलेको छैन भने अन्य कतिपय मन्त्रालय खानेपानी, युवा तथा खेलकूद मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका बेवसाइटमा समस्या यथावतै रहेको छ।

यद्यपि शुक्रबार समस्या देखिएका कतिपय बेवसाइटहरू खुलिसक्दा पनि अझै कतिपयको समस्या भने जस्ताको त्यस्तै रहेको छ। सरकाले डिजिटलाइजेसन गर्ने भनिरहँदा पनि सरकारी बेवसाइटमै बारम्बार यस्तो समस्या देखिनु सामान्य जस्तै बनिसकेको छ।

अझ पछिल्लो समय विभिन्न ह्याकरहरूले नेपालको सरकारी बेवसाइटहरूनै ह्याक गरेको घट्ना बढ्दै गइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*