पोखरा फाइनान्सको नाफा ७ करोडः खराब कर्जा ३१ प्रतिशत, वितरणयोग्य मुनाफा साढे १ अर्ब ऋणात्मक

७ बैशाख २०८२, आईतवार ११:५१

काठमाडौँ । पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यसअवधिमा कम्पनीले ७ करोड १९ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको नाफा १७ करोड २३ लाख ९४ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी समेत १०.२६ प्रतिशतले बढेर २६ करोड २१ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २३ करोड ७७ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

गत वर्ष तेस्रो त्रैमाससम्ममा २४ करोड १९ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफा ऋणत्मक रहेको पोखरा फाइनान्स चालु आर्थिक वर्षको सोहि अवधिमा भने ५१ करोड ८९ लाख ५४ हजार रुपैयाँ नाफामा रहेको छ ।

फाइनान्सको वितरणयोग्य मुनाफा भने अझै १ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ ऋणत्मक रहेको छ । खराब कर्जा समेत ७.९१ प्रतिशतबाट बढेर ३१.२५ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १ अर्ब ८ करोड ३ लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ८.८७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ४८.७५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*