आइतबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
७ बैशाख २०८२, आईतवार ११:१८

काठमाडौँ । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।