१५ प्रतिशत नगद लाभांश पारित गर्न सलिकोले बोलायो साधारणसभा

७ बैशाख २०८२, आईतवार १०:११

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले वैशाख २८ गते २८औं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल बैंकेटमा बिहान १० बजेदेखि शुरू हुनेछ।

सभाले शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

यसका साथै सञ्चालक समिति तथा अन्य समिति सहित उपसमितिको बैठक भत्ता तथा सुविधा पुनरावलोकन गर्ने, सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले वैशाख १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा वैशाख १६ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*