नेपाल एसबिआई बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

७ बैशाख २०८२, आईतवार ०८:४५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार गत वर्षको चैतसम्मको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३.३६ प्रतिशतले वृद्धि भएको छ।

बैंकले गत वर्षको चैत मसान्तसम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेकोमा चालू आवमा त्यो बढेर १ अर्ब २० करोड नाघेको छ। यस वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज घटेको र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न मद्दत पुगको हो।

यस वर्ष बैंकको इम्पेयमेन्ट चार्ज ८० करोड रुपैयाँबाट घटेर ७२ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा १ अर्ब ६४ करोड रुपैयाँबाट बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।

यस वर्ष बैंकको कुल सञ्चाल आम्दानी पनि १० करोड रुपैयाँले बढेर ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने यससँगै प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ २४ पैसाबाट बढेर १४ रुपैयाँ ७२ रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पूँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५ करोडबढी र रिजर्भमा ८ अर्ब रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्जा ४.०६ प्रतिशत र प्रतिशेयर नेवर्ट १८३ रुपैयाँ ०८ पैसा छ भने वितरणयोग्य नाफा २६ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ नाघेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*