हिमालयन बैंकको खुद नाफा ५० करोड, कस्तो छ अन्य सूचक?

७ बैशाख २०८२, आईतवार ०८:१८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस वर्ष चैत मसान्तसम्म ५० करोड रुपैयाँ खुद नाफा गरेको छ।

बैंकले गत वर्षको यसै अवधिसम्म भने १ अर्ब ९४ करोड रुपैयाँबढी खुद नाफा गरेको थियो चालू आवमा बैंकको खुद नाफा ७४ प्रतिशतले घटेको हो। यद्यपि बैंकको सञ्चालन नाफा गत वर्ष साढे ३ अर्ब रुपैयाँबढी रहेकोमा चालू आवमा बढेर ३ अर्ब ८१ करोड नाघेको छ।

यता बैंकको खुद ब्याज आम्दानी भने गत वर्ष ८ अर्ब ४३ करोड रुपैयाँ रहेकोेमा चालू आवमा घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ९ अर्ब १० करोड रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ३६ करोड ऋणात्मक र रिजर्भमा २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। बैंकले २ खर्ब ३३ अर्ब ५३ करोडबढी ऋण दिएको छ भने ३ खर्ब १ अर्ब १३ करोडबढी निक्षेप संकलन गरेको छ।

बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशत, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ०८ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा छ भने वितरणयोग्य नाफा ७ अर्ब ३६ करोड ऋणात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*