स्टान्डर्ड चार्टर्ड बैंकको मुनाफा २ अर्ब १७ करोडः घट्यो खराब कर्जा, अन्य सूचक कस्तो ?

७ बैशाख २०८२, आईतवार ०८:१६

काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११.१७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ४४ करोड ७१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १९.०२ प्रतिशतले घटेर १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।

कम्पनी सञ्चालन नाफा ५.३४ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको वितरणयोग्य नाफा १९.०२ प्रतिशतले घटेर १ अर्ब ४७ करोड १६ लाख र खराब कर्जा २.१४ प्रतिशतबाट घटेर १.४४ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ छ ।

यता, बैंकको प्रतिशेयर आम्दानी ३४.६ रुपैयाँबाट घटेर २८.८६ रुपैयाँमा आएको छ । यसको प्रतिसेयर नेटवर्थ २०८.४० रुपैयाँ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*