नबिल बैंकको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफासँगै इपीएस पनि उल्लेख्य बृद्धि, कुन सूचक कस्तो ?

काठमाडौँ । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८.२१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ६६ करोड८० लाख नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने ३.९५ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।
यता, बैंकको सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँबाट बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी पनि १५ अर्ब २९ लाख रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँबाट बढेर २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा भने४.९६ प्रतिशतबाट घटेर ४.०४ प्रतिशत पुगेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३.२४ रुपैयाँबाट बढेर २५.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ ।