३८.६१ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफाः अधिकांश सूचकमा फड्को, कुन कति मजबूद ?

७ बैशाख २०८२, आईतवार ०६:४१

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी झने ६.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ११ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँबाट बढेर ६ अर्ब ६१करोड रुपैयाँ पुगेको छ । यता, कुल सञ्चालन आम्दानी ११ अर्ब ५९ करोड रुपैयाँमा रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा ४.६६ प्रतिशतबाट बढेर ६.०६ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३१ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*