तेस्रो त्रैमाससम्मको अवधिमा एनआइसी एशिया बैंकको वित्तीय अवस्था कस्तो ?

April 20th, 2025

काठमाडौँ । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९१.८१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ८ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफा भने ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिका उक्त नाफा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।

सञ्चालन नाफा र खुद ब्याज आम्दानी घट्दा बैैंकको नाफा प्रभावित भएको छ । बैंकको वितरणयोग्य नाफा पनि ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा १.९२ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*