वित्तीय रुपमा अब्बल देखियो ग्लोबल आइएमई बैंकः नाफा साढे ४ अर्ब, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय रुपमा उल्लेख सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीका अधिकांश सूचक सकारात्मक लयमा लम्कि रहेको देखिएका हुन् ।
चालु आर्थिक वर्षको चैत महिनासम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३७.१२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १३ अर्ब २ करोड ९० लाख रुपैयाँ पुगेको थियो ।
बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेर १५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिका बैंकको उक्त आम्दाी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।
यता, बैंकको सञ्चालन मुनाफा ३४.४१ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने इम्पेरमेन्ट चार्ज ३ अर्ब ११ करोडमा पुगेको छ ।
यसअवधिमा बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ र कर्जा लगानी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ गरेको छ ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा र प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ । बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।