माछापुच्छ्रे बैंकको मुनाफा अर्ब क्लबमा, प्रतिशेयर आम्दानीसहित अधिकांश सूचकमा चमक

७ बैशाख २०८२, आईतवार ०५:२७

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचकमा चमक देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममको अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८.८९ प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।

इम्पेयरमेन्ट चार्ट ९४ करोड ४३ लाखबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

यता, कम्पनीको संञ्चालक नाफा ४ अर्ब ९० करोडबाट बढेर ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ जम्मा छ ।
चैत मसान्तसम्मको अवधिमा प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ७ करोड ७ लाख रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*