सांसद योगेश भट्टराई ट्रवाईलेटमा थुनिएर जोगिए, केवलकारको पक्षमा उभिँदा जनताबाटै असुरक्षित

काठमाडौं । आफ्नै गृहजिल्लामा पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद योगेश भट्टराई ट्वाईलेटमा थुनिएर ज्यान जोगाउनुपर्ने अवस्थामा पुगेका छन् । माफिया र व्यापारीसँग मिलेर पाथिभरामा केवलकार बनाउनुपर्छ भन्दै हिडेका सांसद भट्टराईले हिजो ताप्लेजुङको लेलेपमा आयोजित कार्यक्रममा ट्वाईलेटमा लुकेर ज्यान जोगाएको समाचार कान्तिपुरको अनलाईन संस्करणले छापेको छ ।
ताप्लेजुङमा आईएमई समुहले मन्त्रिपरिषददेखि स्थानीय नगरपालिकासम्म घुस सेटिङ गरेर सयौं रोपनी सार्वजनिक जग्गामा बनाउन लागेको केवलकारको पक्षमा प्रतिनिधि सभाका सांसद योगेश भट्टराई उभिँदै आएका छन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे र पूर्व पर्यटन मन्त्री तथा ताप्लेजुङकै सांसद योगेश भट्टराईसहितको टिम कञ्चनजंगा हिरक महोत्सव मनाउन ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नं ६ स्थित लेलेपमा भव्य समारोह आयोजना गरिएको थियो ।
सोही समारोहमा भाग लिएर फर्कने क्रममा योगेश भट्टराईमाथि नो केवलकार समुहले नाराबाजी गर्दै केवलकारको पक्षमा लागेकोमा चर्को विरोध गरेका थिए । लगत्तै सांसद भट्टराई कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको ट्वाईलेटमा लुक्न पुगेका थिए । आन्दोलनकारी धेरै भएकोले सुरक्षा प्रदान गर्न नसक्ने भएपछि प्रहरीले सांसद भट्टराईलाई शौचालयभित्रै थुनेर बाहिरबाट चुक्कुल लगाएर जोगाएको प्रत्यक्षदर्शी नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठलाई उध्रित गर्दै प्रकाशित समाचारमा उल्लेख छ ।
स्थानीयबासी र नो केवलकार समुहले सांसद भट्टराईले जातिय रुपमा लिम्बु संस्कार र संस्कृतिमाथि प्रहार गरी व्यापारी र माफियासँग मिलेर निर्दोष जनताको छातीमा गोली दाग्ने गरी भएको दमनको बचाउ गरेकोले भट्टराईलाई ताप्लेजुङ टेक्ने अधिकार नभएको भन्दै चर्को विरोध गरेका थिए ।
हेलिकोप्टर चढेर त्यहाँ पुगेको सांसद भट्टराईलाई केहीबेर ट्वाईलेटमा लुकेपछि प्रहरीको संख्या थपेर आन्दोलनकारीमाथि सामान्य बल प्रयोग गर्दै तितरबितर पारेर सकुशल उद्धार गरी हेलिकोप्टरसम्म पुर्याएका थिए ।
त्यसो त केवलकार बनाउने कम्पनीसँग मिलेमतो गरेको भन्दै योगेश भट्टराईका विरुद्धमा ताप्लेजुङमा गत कार्तिक देखि नै चर्को विरोध भइरहेको छ । पाथिभरा जाने बाटोमा समेत ‘योगेश भट्टराई मुर्दावाद’ लेखेर राखिएको छ । जनताको चर्को विरोधका बीचमा पनि सांसद भट्टराईले भने आईएमई ग्रुपसँग मिलेर ताप्लेजुङमा केवलकार बनाउन सक्रिय रुपमा काम गरिरहेका छन् ।