प्राधिकरणको कारवाहीपछि गार्डियन माइक्रो लाइफको साधारणसभा स्थगित
५ बैशाख २०८२, शुक्रबार २२:१४

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भोलि बैशाख ५ गतेका लागि आह्वान गरेको बिशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ ।
बीमा प्राधिकरणले ३ दिने स्पष्टिकरण सोधेर हकप्रद निष्काशन प्रक्रियाय रोक्न र बार्षिक साधारणसभा स्थगित गर्न निर्देशन दिएपछि आज बसेको गार्डियन माइक्रो इन्स्योरेन्स सञ्चालक समितिले बैठकले भोलिको विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।